Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउने तयारी

अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउने तयारी

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउने तयारी

अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली पशुपतिनाथ, बौंद्ध र स्वयम्भु स्तुपासहितका सामुदायिक केन्द्र बनाउन गो फण्डमी मार्फत सहयोग संकलन थालिएको छ ।

कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर (क्युएनसिसि) ले सामुदायिक केन्द्र बनाउन ब्रिजवेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न बैनाबट्टा गरिसकेको र एक साताभित्र पास गर्नुपर्ने भएपछि सहयोग संकलन अभियान थालिएको हो ।

साढे १४ लाख डलरमा किन्नेगरि ४ हेक्टर बढी जग्गाको बैनाबट्टा गरेको क्युएनसिसिले साँढे १२ लाख आर्थिक संकलन गरेपनि बाँकी करिब तीन लाख डलरको जोहो गर्न गो फण्डमी अभियान अघि बढाएको छ ।

क्युएनसिसिले ४ सय ७५ आजीवन सदस्यबाट ११ लाख २० हजार डलर, बाँकी सहयोगी र विभिनन सांगितिक कार्यक्रम मार्फत साँढे १२ लाख संकलन गरिसकेको छ । गो फण्डमी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०२:०२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend