Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हरिवंश आचार्यको मुख्य भूमीका रहने महाजात्रा’ को प्रि-प्रोडक्सन शुरु

हरिवंश आचार्यको मुख्य भूमीका रहने महाजात्रा’ को प्रि-प्रोडक्सन शुरु

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
हरिवंश आचार्यको मुख्य भूमीका रहने महाजात्रा’ को प्रि-प्रोडक्सन शुरु

काठमाडौं । अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका रहने फिल्म ‘महाजात्रा’को प्रि-प्रोडक्सन शुरु भएको छ ।‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा बन्न लागेको फिल्मको छायांकन दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुनेनिर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।

इन्द्रजात्राको अवसर पारेर थालिएको प्रि–प्रोडक्सनमा निर्देशक प्रदीप भट्टराईसहित कलाकार विपिन कार्की, रविन्द्रसिंहबानियाँ, रविन्द्र झा लगायत सहभागी छन् । ‘हामीले औपचारिक रुपमा निर्माणको काम थालेका छौं,’ निर्माता म्याक्सदीपेश खत्रीले अनलाइनखबरसँग भने ।

हरिवंशले पछिल्लोपटक षट्कोण आर्ट्सकै सोसल ड्रामा ‘महापुरुष’मा शीर्ष भूमिका निर्वाह गरेका थिए । यो चरित्रमार्फतउनले राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वश्रेष्ठ अभिनेताको विधाको अवार्ड पनि उचाले । ‘जात्रा’को सिक्वेलमा भनेउनको पहिलो इन्ट्री हो ।

श्रृंखलाका अघिल्ला कलाकारले ‘महाजात्रा’मा निरन्तरता पाएका छन् । चैत ९ गते रिलिज गर्ने योजना रहेको फिल्मकोसम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १७:३३:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend