Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अपायक ठाउँमा नियुक्ति दिएपछि पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

अपायक ठाउँमा नियुक्ति दिएपछि पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
अपायक ठाउँमा नियुक्ति दिएपछि पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

 

कास्की - पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएको भन्दै आमरण अनसनमा बसेकी छन्।

पोखरा- १ बगरमा रहेको शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीको परिसरमा दृष्टिविहीन शोभा पौडेल हिजो आइतवारदेखि अनसन बसेकी हुन् ।

 

लमजुङको दोर्जी गाउँपालिकाको बालकल्याण माविमा नियुक्ति रहेको तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालयजान आउन निक्कै समस्या भएको उनले बताईन। गएको वर्षअघि शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकालेकी थिईन ।

 

पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी रोजगारीको सुनिश्चित हुनुपर्ने उनको माग  छ । उनले १५ वर्षदेखि पोखराको राष्ट्रिय माविमा पढाउँदै आएकी थिईन । आफ्नो परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएको उनले गुनासो गरिन ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १८:१८:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend