Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

काठमाडौं आएको कतार एयरको जहाज 'ओभरसुट’ भयो भनेको के हो

काठमाडौं आएको कतार एयरको जहाज 'ओभरसुट’ भयो भनेको के हो

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
काठमाडौं आएको कतार एयरको जहाज 'ओभरसुट’ भयो भनेको के हो

फाइल तस्बिर

कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७:१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको विमानस्थलकार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार जहाज ल्यान्ड गर्न निश्चित उचाइमा आएपछि रनवे देखिनुपर्छ। नदेखेको अवस्थामा उसले ल्यान्ड गर्ने किफेरि एक राउन्ड लगाएर पुनः ल्यान्ड गर्ने भन्ने निर्णय गर्छ। सो प्रक्रियालाई ओभरसुट भनिन्छ। 

लगातार वर्षाका कारणले कतार एअरको जहाजले ल्यान्ड गर्ने समयमा कम भिजिबिलिटीका कारण रनवे नदेखेपछिओभरसुट गरेको झाले बताए।

‘यो एउटा प्रक्रिया हो, भिजिबिलिटी कमजोर भएको बेलामा भइरहन्छ,’उनले भने।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेकोविमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेकाछन्।

अहिले उक्त जहाज ल्यान्ड भइसकेको प्रवक्ता झाले जानकारी दिए।

सेतोपाटीबाट

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ११:१६:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend