Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका मेनेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका मेनेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका मेनेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता

हेटौंडा, १६ असोज। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा ब्रान्च म्यानेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय निराजन देवकोटा त्रिशुली नदीमा हामफाल्दा बेपत्ताभएका हुन् । उनी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हेटौंडा ब्रान्चका म्यानेजरका रुपमा कार्यरत रहेका छन् ।

पारिवारिका स्रोतका अनुसार उनी हिजो सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेड अफिसमाजानको लागि भन्दै बैंकका कर्मचारीसहित मोटरसाइकलमा काठमाडौं लागेका थिए ।

‘हिजो बिहानै निराजन र केही बैंकका कर्मचारीहरुसहित काठमाडौं लागेका थिए । हेड अफिसमा केही काम रहेको रबैंकले पनि बोलाएको भन्दै मोटरसाइकलमा गएका थिए । तर हिजो साँझ नै निराजन त्रिशुली नदिमा हाम फालेर बेपत्ताभएको दु:खद् खबर आयो,’ उनका एक आफन्तले भने ।

निराजनका आफन्तका अनुसार उनी काठमाडौं पुगेर साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशीस्थितनयाँपुलबाट हिजो साँझ साँडे ६ बजेको समयमा त्रिशुली नदिमा हामफालेका थिए ।

उनी आफ्नो बा.प्र.०३-००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हामफालेको प्रत्यक्षदर्शीले देखेरप्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले त्रिशुलीमा हामफालेका निराजनको खोजी गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ११:२८:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend