Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रकाश सपुत डिसेम्बरमा अस्ट्रेलियाको सिड्नी जाने

प्रकाश सपुत डिसेम्बरमा अस्ट्रेलियाको सिड्नी जाने

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
प्रकाश सपुत  डिसेम्बरमा अस्ट्रेलियाको सिड्नी जाने

 

सिड्नी । नेपाली साङ्गीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अस्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् ।

 

सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टले संयुक्त रूपमा ल्याउन लागेको याक एण्डयति इभेन्टका सञ्चालक आशिष भण्डारीले जानकारी गराएका छन् ।

 

नेपाली साङ्गीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको साथमा गायनरियालिटी सो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रबिन थापाले बताए ।

 

कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अस्ट्रेलियामा साँझ ७ बजे देखि ११ बजे सम्म हुनेआयोजकले बताए ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १८:४७:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend