Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपाल चट्याङको चौथो उच्च जोखिम देश

नेपाल चट्याङको चौथो उच्च जोखिम देश

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
नेपाल चट्याङको चौथो उच्च जोखिम देश

नेपाल चट्याङको चौथो उच्च जोखिम भएको मुलुकमा रहेको छ । सोही जोखिमलाई आधार मानेर चट्याङले पु-याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपाय छलफल गर्न नेपालले चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थालेको छ ।

प्रि–मनसुनका बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झन्डै सय जनाको ज्यान लिन्छ । र, यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरू छैनन् भने रोकथामका लागि खास काम पनि हुनसकेको छैन । यही परिप्रेक्षमा नेपालमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । ११ मुलुकका विज्ञहरूको सहभागिता रहेको चट्याङसम्बन्धी सम्मेलनमा ४७ जनाले आफ्नो शोधपत्र प्रस्तुत गर्दै छन्, जसमा २८ वटा शोधपत्र नेपालबाट प्रस्तुत हुनेछ ।

सम्मेलनमा अमेरिका, भारत फ्रान्सलगायतका मुलुकका विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनले विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयमा छलफल भइरहेको चट्याङविद् प्राडा श्रीराम शर्माले बताए ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०५:१७:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend