दशैं नजिकिएसँगै न्युजिल्यान्डमा 'दशैं धमाका' कार्यक्रम हुने भएको छ।
निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो न्युजिल्यान्ड। न्युजिल्यान्डमा गायक प्रमोद खरेल, मेलिना राई र हाँस्य कलाकार सुमन कार्कीले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।
काठमान्डौंमा एक कार्यक्रमको आयोजना गर्दै न्युजिल्यान्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ‘लाखे इभेन्ट’ को आयोजनामा रहेको कार्यक्रम ‘दशैं धमाका’ लाई इन्फोमेटिक कन्सल्टेन्सीले साथ दिएको छ।
न्युजिल्यान्डमा पहिलो पटक आफू जान लागेको बताउँदै गायक प्रमोद खरेलले यो दशैंमा धमाका गर्न तयार रहन न्युजिल्यान्डको दर्शकलाई आग्रह गरेका छन्।