Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली कामदार रोमानिया पठाउन सम्झौता

नेपाली कामदार रोमानिया पठाउन सम्झौता

नेप्लिज डायस्पोरा

१९, आश्विन २०८०
images
नेपाली कामदार रोमानिया पठाउन सम्झौता

नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यवद्धतामन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले एमओयूमा हस्ताक्षर गरेका थिए । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठकपछि एमओयूमा हस्ताक्षर गरिएको थियो ।

बैठकमा दुई मन्त्रीले मुख्यतया नेपाल–रोमानिया द्विपक्षीय सम्बन्ध, श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिक सुरक्षा, व्यावसायिक तालिमलगायतका विषयमा विचार आदान प्रदान गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १९:०४:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend