Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मनाङमा अमेरिकी नागरिकको भिरबाट लडेर ज्यान गयो

मनाङमा अमेरिकी नागरिकको भिरबाट लडेर ज्यान गयो

नेप्लिज डायस्पोरा

२०, आश्विन २०८०
images
मनाङमा अमेरिकी नागरिकको भिरबाट लडेर ज्यान गयो

मनाङ - मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको ज्यान गएको छ । भिरबाट लडेर  ६९ वर्षीय चाल्स केथ डेभिजकोज्यान गएको हो। 

 

डेभिज बुधवार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा ६ च ७५६ नम्बरको गाडीमा लमजुङबाटमनाङको सदरमुकाम चामे आउँदै गर्दा भिरबाट लड्नुभएको हो । 

 

बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउनेक्रममा बुधवार राति उहाँ सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्नुभएको मनाङका प्रहरी नायबउपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो । 

 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरीउपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो ।

 

उपचारकै क्रममा बिहीवार बिहान उहाँको ज्यान गएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शवपरीक्षणका लागि हेलिकप्टरमा बिहीवार त्रिवि शिक्षण अस्पताल काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ । उज्यालो अनलाईनबाट ।

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - ०७:००:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend