ओएसआर डिजिटल प्रालिका सञ्चालक ओम प्रकाश अग्रवाल शुक्रबार पक्राउ परेका छन्।
ठगी अपराधिक विश्वासघात एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा उनी पक्राउ परेको बुझिएको छ ।
अग्रवाल र अन्य दुईजना विरुद्ध प्रसाद -२ चलचित्रका निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
अन्य दुईजनामा फिल्म 'प्रसाद २' का निर्देशक सुदर्शन थापा र फिल्म सम्पादक मिलन श्रेष्ठ रहेका छन् । थापा र श्रेष्ठविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको समय म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।