Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस

विद्युतीय चुरोटको स्वरुपमा भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीले आइतबार राहुल, दाबा छिरिङ र सुन काण्डमा मुछिएका दाउजिङवाङका सवारी चालक लोकेन्द्र पौडेलसहित तीन जनालाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

उनीहरुबाट ८ करोड ५५ लाख बिगो मागदाबीसहित संगठित अपराध र भन्सार चोरीमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । 

चिनियाँहरुसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष महरालाई भने मुद्दा चलाउनु नपर्ने सीआइबीको निष्कर्ष छ ।

भदौ १३ गते पक्राउ परेका राहुलविरुद्ध दुबईबाट ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ । चिनियाँ नागरिक दाउजिङवाङसहितका कारोबारीसँग निरन्तर सम्पर्कमा रहेका महराको सुन तस्करीमा संलग्नता रहेको सीआईबीले निष्कर्ष निकालेको हो ।

गत पुसमा विद्युतीय चुरोटबाट आएको सुन विमानस्थलबाट चोरी भएको थियो । भेपमा सुन ल्याउने चिनियाँ नागरिक ली भने फरार छन् त्यस्तै हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका दाबा छिरिङलाई ९ किलोमा पनि मुद्दाका लागि सिफारिस गरेको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १८:२०:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend