Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

झलनाथको सर्प पालनमा १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित सातमाथि मुद्दा

झलनाथको सर्प पालनमा १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित सातमाथि मुद्दा

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
झलनाथको सर्प पालनमा १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित सातमाथि मुद्दा

काठमाडौँ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रीविजय कुमारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  

 

अख्तियारले पूर्वमन्त्री कुमारसहित मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठसर्लाही लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्कास्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्तमहासचिव नवराज भण्डारीकोषाध्यक्ष निरज भण्डारी सदस्य देवेन्द्र रायविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो  

 

उनीहरुले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी  अख्तियारले उनीहरुसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुल उपर गर्न माग गरेको   

 

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपालको सहकार्यमा एन्टीभेनमप्रोडक्सन् एण्ड रिसर्च सेन्टरनेपाल एपीआरसीएन स्थापनाव्यवस्थापन  सञ्चालन गर्ने क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो  हाम्राकुरा डटकमले लेखेको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १८:२४:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend