Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप

धनगढी,२१ असोज । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजि सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।

सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए । 

जनता आर्थिक मन्दिको मार खेपि रहेको वेला प्रधानमन्त्री तृर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीलेका आरोप छ । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन  ।’

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १९:०४:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend