Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु

इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।

मृतकको शव संकलनको काम भइरहेको छ। हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

IMG_2337.jpeg

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - २०:१०:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend