Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गर्नु भएको छ । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्टु भन्ने रहेको छ । 

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ । 

विश्व बैंकको मूल कार्यक्रमसंगै अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री डा। महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

त्यसैगरी युएसएआइडिसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेसी एवं चुनौतिसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उप प्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री डा. महतको कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा। महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नुहुनेछ । अन्तर्राष्ट्रिय मूद्रा कोषका प्रतिनिधीसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री डा। महतले वार्ता गर्नेुहुनेछ  । त्यसैगरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघका उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी ९एम।आइ।जि।ए।०का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ । 

उक्त बैठकमा अर्थमन्त्रालयबाट अर्थमन्त्री डा। ‍‍महत, अर्थसचिव डा। कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा। नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी हुनुहुन्छ । बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०७:३४:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend