इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ। डाँगीलेएक भिडियो मार्फत आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।
भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्मपुर्याइदिन आग्रह गरेका छन्।
डाँगीले भनेका छन्, ‘ मेरो घरमा फोन गरिदिनु। अपरेसन भर्खर भयो। सक्सेसफुल भयो भन्दिनु है।
दाङको दंगीशरण गाउँपालिका–३ घर भएका प्रविण डाँगीलाई इजरायलमा खुट्टामा गोलीलागेको थियो।