Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पत्रकारद्वय दिलमाया शाही र कमला पाख्रिन पुरस्कृत

पत्रकारद्वय दिलमाया शाही र कमला पाख्रिन पुरस्कृत

नेप्लिज डायस्पोरा

२५, आश्विन २०८०
images
पत्रकारद्वय दिलमाया शाही र कमला पाख्रिन पुरस्कृत

काठमाडौं, २५ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२'बाट दुई पत्रकारलाई पुरस्कृत गरेका छन् ।

 नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रिनलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। 

शाही "सन्धान अनलाइन"  र पाख्रिन "कान्तिपुर टेलिभिजन"मा सम्बद्ध छन् । नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख ११ हजार छ।

पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिए ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १७:५८:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend