Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अशोक अर्यालको दशैंको सांगीतिक कोसेली 'सारङ्गीको धुन' (म्युजिक भिडियो सहित)

अशोक अर्यालको दशैंको सांगीतिक कोसेली 'सारङ्गीको धुन' (म्युजिक भिडियो सहित)

नेप्लिज डायस्पोरा

२७, आश्विन २०८०
images
अशोक अर्यालको दशैंको सांगीतिक कोसेली 'सारङ्गीको धुन' (म्युजिक भिडियो सहित)

अमेरिकालाई कर्म थलो बनाउदै आएका गायक अशोक अर्यालले बडा दशैंको अवसर पारेर नयाँ सांगीतिक कोसेली  'सारङ्गीको धुन'को  म्युजिक भिडियो विश्व सांगीतिक बजारमा ल्याएका छन्। यस गीतमा  डा. बिष्णुमुर्ती भट्टराई र गायक अर्यालले  शब्द कोरेका छन् भने स्वर, संगीत गायक अर्यालकै रहेको छ साथै ख्याति प्राप्त संगीत संयोजक बिनोद बजुरालिले संगीत संयोजन गरेका छन्।। यस गीतको म्युजिक भिडियोमा गरिबीको कारण बिदेसिनु परेको एउटा परदेशीको ब्यथा र भोगाई दर्शाउने साथै समाजमा एक सन्देश दिने प्रयास गरेको गायक अर्यालले हामीलाई जानकारी गराएका छन्। उक्त गीतको म्युजिक भिडियो गायक अर्यालको आफ्नै युट्युब च्यानल 'अशोका इन्टरटेनमेन्ट' मार्फत सांगीतिक बजारमा ल्याएका छन भने यसको अडियो यसको अडियो गीत एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटक लगायत सम्पूर्ण अडियो प्लेटफर्महरुमा उपलब्ध छ ।   

 

अहिले नेपाली संगीत बजारका चर्चित कलाकारहरु देवेन्द्र बब्लु र रोशनी कार्कीको जीवन्त अभिनय रहेको यस गीतको म्युजिक भिडियोको कथा गायक अर्यालकै छ भने निर्देशन बिशाल घिमिरेको रहेको छ।  चर्चित छायाँकार नवराज उप्रेतीले छायांकन गरेको उक्त भिडियोलाई  नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको 'सारङ्गीको धुन' को बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ  । 

 

अमेरिकामा नेपाली संस्थाहरुले आयोजना गर्ने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिंदै आएका गायक अर्यालले सन् २०१६ मा ४ वटा गीत समाबेस गरि 'अशोका ' नामक म्युजिक एल्बम बजारमा लिएर आएका थिए। गायक अर्यालले 'यो जुनीलाई' ,'चिनो रुमाल' 'नारायण नारायण ' , 'जाले रुमाल' बोलका गीतहरु विश्व सांगीतिक बजारमा ल्याईसकेका छन् जसले दर्शक स्रोताको मन जितिसकेका छन्।

 

 म्युजिक भिडियो:

https://youtu.be/-L9STjmS0Lc?si=Zh9wDCiZ53_uGgtR

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०५:१२:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend