Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर

नेप्लिज डायस्पोरा

२७, आश्विन २०८०
images
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको जनाएको छ ।

पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि ५० प्रतिशतसम्म भाग जलेको अस्पतालले जनाएको छ । यस्तै उहाँको फोक्सो, मेरुदण्डको हड्डी र मृगौलामा पनि समस्या रहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेढाईँ मात्र हुनुहुन्थ्यो ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १९:४१:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend