Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने, हवाई टिकट सरकारले बेहोर्नेछ

इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने, हवाई टिकट सरकारले बेहोर्नेछ

नेप्लिज डायस्पोरा

२७, आश्विन २०८०
images
इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने, हवाई टिकट सरकारले बेहोर्नेछ

इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीका लागि अब चाटर्ड फ्लाइट नहुने भएको छ । अब कोहि नेपाली स्वदेश फर्किन चाहेमा तिनै फ्लाइट मार्फत व्यवस्थापन गरिने भएको हो । 

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइट मार्फत ल्याउने सरकारले निर्णय गरेको थियो । सोही आधारमा शुक्रवार राति २५४ जना विद्यार्थीलाई स्वदेश फर्काइएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्सको विमानसहित इजरायल पुगेका थिए । 

अब भने चाटर्ड फ्लाइट नै गरेर उद्धार गरिनेछैन । नेपाल फर्किन चाहनेहरूलाई नियमित व्यवसायीक फ्लाइट मार्फत फर्किने व्यवस्था मिलाइने सरकारले जनाएको छ । हवाई टिकट भने सरकारले बेहोर्नेछ । 

स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले काटिदिनेछ । अनलाइनमार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो । 

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - २०:५७:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend