Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

भर्जिनियामा दशै तिहार महोत्सव सफल रुपमा सम्पन्न

भर्जिनियामा दशै तिहार महोत्सव सफल रुपमा सम्पन्न

रोशनबहादुर सिंह

२८, आश्विन २०८०
images
भर्जिनियामा दशै तिहार महोत्सव सफल रुपमा सम्पन्न

नेपालीहरुको महान चाड दशै र तिहारको पूर्वसन्ध्यामा भर्जिनियामा दशै तिहार फेस्टिबल भब्यरुपमा सम्पन्न भएको छ । शनिबार भएको सो कार्यक्रममा नेपालबाट आएका कलाकार कालीप्रसाद बास्कोटाको प्रस्तुती रहेको थियो भने हाल अमेरिकामा रहेका बिभिन्न कलाकारले पनि आफ्नो प्रस्तुती दिएका थिए । 

भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा भएको कार्यक्रममा बर्षाका बिचपनि राम्रो सहभागिता रहेको थियो । 

कार्यक्रममा गायक तथा सङ्गितकार कालीप्रसाद बास्कोटाको प्रस्तुती मुख्य आकर्षणका रुपमा रहेको थियो । उनले आधा दर्जन जति गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुती अगाडी बर्षाभएपनि समर्थकले छाता ओडेर भएपनि उनको प्रस्तुती हेरेका थिए । उनले आफ्ना नयाँ र पुराना गितहरु प्रस्तुत गरेका थिए । 

यसका साथै अमेरिकी द भ्वाइसमा ८ औ स्थानमा रहेकी नेपाली छोरी परिजिता बास्तोलाले पनि नेपाली र अंग्रेजी गीतहरु गाएकी थिइन् । कार्यक्रममा फिरोज स्याङ्गदेन र उनकोले प्रस्तुति गरेका थिए । त्यस्तै अमेरिकामै जन्मेकी प्रकृति देउजाले नेपाली र अंग्रेजी गीत गाएकी थिइन् ।

दिउँसो ६ बजेबाट सुरु भएको महोत्सवमा सहभागि हुनका लागि करिव चार हजार देखि ४५ सय मानिस पुगेको अनुमान गरिएको थियो । कार्यक्रममा दिउसो १२ बजेबाट बिभिन्न नेपाली उत्पादनको स्टलहरु राखिएको थियो । महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार, नेवारी खाना, थारु खाना ,सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरु रहेका थिए । महोत्सवमा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति भएका थिए ।

सांगीतिक कार्यक्रम दिनभर जस्तो चलेपनि मुख्य कार्यक्रम भने साँझ ६ बजेबाट सुरु भएर १० बजेसम्म चलेको थियो । कार्यक्रममा भर्जिनियामा रहेका कलाकार मात्र नभएर बाल्टिमोर र न्यूयोर्कबाट पनि कलाकार आएका थिए । 

थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको दशैँ तिहार महोत्सवमा भाग्यमानी बिजेताको पनि घोषणा गरिएको थियो । जसमा पहिलो हुनेले अमेरिकाबाट नेपाल जाने र आउने टिकट प्रदान गरिएको थियो भने दोश्रो भाग्यशाली बिजेताले अमेरिका भित्रै ४५० डलर सम्मको लागि आन्तरिक यात्रामा अमेरिकामा यात्रा र ,तेश्रो चिट्ठा बिजेतालाई ६५ इन्चको टिभी प्रदान गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममलाई राजश्री श्रेष्ठ,कलाकार निशा अधिकारी ,प्रसिद्ध कलाकर पवनकली मम्पी घोष लगायतले चालन गरेका थिए ।

कार्यक्रम अनेष्ट रियल स्टेटले आयोजना गरेको हो भने अन्जना बुढाथोकीले अन्तिममा सहभागि सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिगेट्स डा ह्यारी भण्डारी सहित स्थानीय नेताहरुको समेत उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १८:१३:३३ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend