अमेरिकाको न्युजर्सिमा निर्माण भएको सबैभन्दा ठुलो हिन्दु मन्दिरको उदघाटन भएको छ । यो विश्वकै सबैभन्दा ठुलो हिन्दु मन्दिर हो । १८५ एकडमा फैलिएको मन्दिर परिसरले उपमहाद्वीपका प्रमुख हिन्दू मन्दिरहरू प्रतिनिधित्व गरेको छ। यो मन्दिर निर्माण सम्पन्न हुन १२ वर्ष भन्दा बढी समय लागेको थियो । यो मन्दिरका लागी १२ हजार ५ सय भन्दा बढीले निर्माणमा श्रमदान गरेका थिए ।एउटा अनौठो कुरा के छ भने मन्दिरमा कुदिएको आकर्षक पत्थर २९ वटा देशबाट ल्याइएको हो । हिन्दु संस्कृति, कला र अध्यात्मको रुपमा यस मन्दिरलाई लिने गरिन्छ ।
यो मन्दिर भारतले निर्माण गरेको हो । यो मन्दिरको उदघाटनपछि श्रदालुका लागी खुल्ला गरिएको छ । यो मन्दिरमा प्राचिन १० हजार देवी देवताको मुर्तिहरु रहेका छन् ।
साता दिनसम्म यो मन्दिरको उदघाटन समारोह चलेको थियो अमेरिकी कग्रेस, सिनेटर, बाइडेन प्रशासनका अधिकारी, राज्यका गर्भनर लगायत अमेरिकी उच्च अधिकारी उदघाटन समारोहमा आएका थिए । यो विशाल मन्दिरले विश्व रेकर्ड तोडने बताइएको छ । भारतले निर्माण गरेको यो मन्दिर हिन्दुहरुका लागी एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने बताइन्छ ।
सन् २०१५ मा निर्माण सुरु भएको यस महामन्दिरको महन्त स्वामी महरा र विशिष्ट व्यक्तिले उद्घाटन गरेका थिए। रोबिन्सभिल टाउनशिपमा २ मिलियन घन फिट ढुङ्गा राख्नु सजिलो काम नभएको बताइएको छ।
न्यूयोर्क त्रिराज्य क्षेत्र यसको ठुलो हिन्दू अमेरिकी जनसंख्या र हिन्दू भक्तहरूको समुदायको लागि परिचित छ। मन्दिर न्यू जर्सीमा सयौं आगन्तुकहरूलाई आकर्षित गर्न विश्वास गरिएको छ।
स्रोत: युएसखबर डटकम