वरिष्ठ समाज सेवी वराल फिड इन्डस्ट्रिज पोखराका संचालक एवं पर्यटकको आकर्षक केन्द्र पुम्दिकोट महादेव मन्दिर व्यवस्थापन समितीका संरक्षक चन्द्रकान्त वराललाई मातृशोक परेको छ ।
बरालकी ममतामयी माता कलावती बरालको १०७ वर्षको उमेरमा आफ्नै निवास विरौटामा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
स्वर्गीय कलावती बराल अत्यन्त सामाजिक र धार्मिक व्यक्ति हुनुहुन्थ्यो । वहाका चार छोरा, दुई छोरी, १८ नाती नातीना, तिस जना पनाती र एउटा खनाती रहेका छन ।