नेपाली चर्चित गायक तथा संगितकार कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीको यूएसए टुरको दोस्रो कार्यक्रमका लागि बाल्टिमोरमा तिब्र तयारी भइरहेको छ ।
बाल्टिमोरको टाउसन युनिभर्सिटीमा हुने कार्यक्रम लागि आयोजक होराइजन ह्युज इन्टरटेन्मेन्टले तयारी तिब्र पारेको छ । २२ अक्टोबर आइतबारका दिन हुने कार्यक्रमलाई भब्य पार्नका लागि सबै तयारी तिब्ररुपमा भइरहेको आयोजक मध्येका एक सदस्य विक्रम शाहीले जानकारी दिए ।
अमेरिका टुर अन्तर्गत कालिप्रसाद र इन्दिराको पहिलो प्रस्तुती पेन्सलभेनियाको हेरिसबर्गमा भएको थियो । दोस्रो कार्यक्रमका रुपमा बाल्टिमोर दुबै कलाकारको प्रस्तुती हेर्नका लागि धेरै समर्थक तम्तयार रहेको आयोजकको भनाई छ ।
कार्यक्रमका लागि कालिप्रसाद र इन्दिरासँगै अरु स्थानीय कलाकारको पनि प्रस्तुती रहने बताइएको छ । कार्यक्रमका लागि आयोजकले टिकट बिक्रि धमाधम भइरहेको बताएका छन । चार सय क्षमताको हलमा आयोजकले तीन देखि तीन सय ५० समर्थकको अपेक्षा गरेका छन ।
टिकटको मूल्य बिशिष्ठतर्फ एक सय र साधारण तर्फ २५ डलर राखिएको छ । यदि कोहि समर्थक गेटमा टिकट काट्न चाहेको खण्डमा ३५ डलर तिर्नुपर्नेछ ।
नेपाली संगितबजारमा चर्चित नाम कालिप्रसादको धेरै गितहरु समर्थकले निकै रुचाएका छन । उनले गाएका र संरचना गरेका चर्चित गितहरुलाई बाल्टिमोरमा प्रस्तुत गर्नेछन । यस्तै नेपाली सकिरा उपनाम पाएकी इन्दिराको प्रस्तुतीमा बाल्टिमोरबासी नेपालीले मज्जा लिने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमको आधिकारिक होस्टका रुपमा नायिका निशा अधिकारी रहनेछिन । कार्यक्रमका लागि आइतबार साँझ सात बजेबाट हलको गेट खोलिनेछन भने आठ बजेबाट कार्यक्रम सुरु हुनेछ । कार्यक्रम ११ बजेसम्म चल्ने आयोजकले जनाएका छन ।
थी ई इन्टरटेन्मेन्टको टुरमा अनेस्ट रियल स्टेटको मुख्य आयोजना रहेको यूएसए टुर अन्तर्गत बाल्टिमोरको कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न सहयोगी हातहरुले पनि साथ दिएका छन ।