Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पहिलोपटक अमेरिकाका १२ सहरमा सांगीतिक यात्रा गर्दै अस्मिता र हर्कुलस

पहिलोपटक अमेरिकाका १२ सहरमा सांगीतिक यात्रा गर्दै अस्मिता र हर्कुलस

नेप्लिज डायस्पोरा

१, कार्तिक २०८०
images
पहिलोपटक अमेरिकाका १२ सहरमा सांगीतिक यात्रा गर्दै अस्मिता र हर्कुलस

अमेरिकामा पहिलोपटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उनीहरुले कार्यक्रम गर्न लागेका हुन् । 

ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा कार्यक्रम तय भएको गायिका अस्मिताले बताइन् । अक्टोबर २१ बाट सुरु हुने कार्यक्रम नोभेम्बर २५ मा गएर सकिनेछ । 

लिभएट प्रिजेन्टको आयोजना रहेको कार्यक्रम फुजोन इन्टरनेशनल, कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्मस्को पनि सहकार्य छ । हर्कुलसका ‘के यो माया हो’, ‘माया संसार’, ’हिजोभन्दा आज’ लगायत गीतहरू चर्चित छन् । यसैगरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १७:३२:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend