Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

नेप्लिज डायस्पोरा

१, कार्तिक २०८०
images
त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

 

त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी  अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्।

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ। पछिल्लादिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटावायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

नेपालमा पर्यटकीय याम सुरु भएको  दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेकोसङ्ख्या बढेको छ। आन्तरिकतर्फ पनि उडान चाप रहेको छ। दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्रीआवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवाकम्पनीले उडान गर्दै आएका छन्।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - २१:३५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend