Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

इन्दिराको ठुम्का र कालिप्रसादको मनमोहक गितमा नाच्न बाल्टिमोर तयार

इन्दिराको ठुम्का र कालिप्रसादको मनमोहक गितमा नाच्न बाल्टिमोर तयार

रोशनबहादुर सिंह

५, कार्तिक २०८०
images
इन्दिराको ठुम्का र कालिप्रसादको मनमोहक गितमा नाच्न बाल्टिमोर तयार

नेपालीहरुको महान चाँड दशै तिहारलाई अझ नेपाली कलाकारका साथ बिशेष बनाउने लक्ष्यका साथ आयोजना हुन लागेको दशै तिहार नाइट्सका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन । थ्री इ इन्टरटेन्मेन्ट र होराइजन ह्युजको आयोजनामा हुन लागेको कार्यक्रमका लागि मुख्य आकर्षणका रुपमा चर्चित गायक तथा संगितकार कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन । 

टाउसन युनिभर्सिटीस्थित हारोल्ड जे कप्लन कन्सर्ट हलमा हुने कार्यक्रमका लागि सबै तयारी पुरा भएको आयोजकको भनाई रहेको छ । कार्यक्रम आयोजक टिमका सदस्य विक्रम शाहीका अनुसार होराइजन ह्युजले थ्री इ इन्टरटेन्मेन्टसँग मिलेर पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रम निकै ब्यवस्थित हुनेमा ढुक्क रहेको बताए । यसका साथै उनले कार्यक्रमलाई सफल बनाउनका लागि निकै मेहेनत गरेको र त्यसको प्रतिफल राम्रो हुनेमा आशावादी रहेको बताए । 

यस्तै आयोजक टिमका अर्का सदस्य सुमन क्षेत्रीलेपनि पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रममा समर्थकको राम्रो उपस्थिती हुनेमा विश्वस्त रहेको बताए । उनले कार्यक्रमका लागि टिकट बिक्रि अपेक्षा गरे अनुसार भएको र आइतबारका दिन पनि गेटमा टिकट बिक्रि हुनेमा आशावादी रहेको बताए । साथै उनले यो पटक बाल्टिमोरमा रहेका संगीतप्रेमीका लागि कालिप्रसाद र इन्दिराको प्रस्तुती झुम्न लायक हुने बताए । 

IMG_2844.jpeg

यो कार्यक्रमका लागि विभिन्न ब्यक्ति र संस्थाहरुले पनि सहयोग गरेका छन । अनेस्ट रियल स्टेटको मुख्य संलग्नता रहेको कार्यक्रम आइतबार साँझ सात बजेबाट सुरु हुनेछ । तर कन्सर्टको मुख्य कायक्रम आठ बजेबाट सुरु हुनेछ । 

कार्यक्रमका लागि कालिप्रसाद र इन्दिरा आइतबार दिउँसो बाल्टिमोर पुग्नेछन । कार्यक्रममा कालिप्रसाद र इन्दिरा बाहेक केहि नृत्यका कार्यक्रमपनि हुनेछन । जसमा बाल्टिमोरमा नै बस्दै आएका केहि स्थानीय कलाकालको प्रस्तुती रहनेछ । 

चार सय सिट क्षमता रहेको सो हलका लागि विशेष तर्फ एक सय डलरको टिकट मुल्य राखिएको छ भने साधारण तर्फ ३५ डलरको टिकट मुल्य राखिएको छ । 

अमेरिकाका विभिन्न एक दर्जन शहरमा यूएस टुर गर्ने लक्ष्यका साथ कालिप्रसाद र इन्दिरा अहिले अमेरिका भ्रमणमा रहेका छन । यसअघि उनीहरुले पेन्सलभेनियाको हेरिबर्गमा कार्यक्रम गरेका थिए । जसमा समर्थकको राम्रो उपस्थिती रहेको थियो । 

यो टुर अन्तर्गत दोस्रो कार्यक्रमका रुपमा रहेको बाल्टिमोरमा पनि दर्शकले राम्रो साथ दिने ठूलो आशा गरिएको छ । कार्यक्रमको आधिकारिक उद्घोषकका रुपमा नायिक निशा अधिकारी रहेकी छिन । 

कार्यक्रम आयोजक टिममा उत्सव सिग्देलका साथै विक्रम शाही, नरेन्द्र बुढा, केशव दाहाल र सुमन क्षेत्री रहेका छन । यो बाहेक अरु ब्यक्तिहरुले पनि कार्यक्रममा साथ दिएका छन । 

कार्यक्रममा खानाका साथै पेय पदार्थको पनि ब्यवस्था गरिएको छ । कार्यक्रम हुने हलको ठेगाना यस्तो छ ।

7700 OSLER DR, TOWSON, MD 21204

 

 

 

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - ०५:४९:५६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend