Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दशै बाटोमै सकिएला भनेर चिन्ता

दशै बाटोमै सकिएला भनेर चिन्ता

नेप्लिज डायस्पोरा

५, कार्तिक २०८०
images
दशै बाटोमै सकिएला भनेर चिन्ता

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको दुरावस्थाका कारण दसैँमा घर नपुगिने हो कि भन्ने चिन्ता बढेको हो ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको नुमसम्मको सडक हिलाम्मे भएका कारण सवारीसाधन नचल्दा उहाँ जस्तै धेरैलाई चिन्ता बढेको छ । ठाउँ ठाउँको कच्ची सडक हिलाम्मे तथा जोखिमपूर्ण भएकै कारण आवागमनमा समस्या छ । 

बिच बाटोमै सवारीसाधन रोकिएपछि  यात्रु अलपत्र पर्ने गरेको मकालु गाउँपालिकाका अर्का यात्रु गजेन्द्र राईको भनाइ छ । “त्यहीँको त्यहीँ गाडी फस्छ र रोकिन्छ । हिँडेर जाने सम्भावना छैन । घर पुग्नै मुस्किल भयो,” उहाँले भन्नुभयो ।

साँघुरो सडकमा अरुण तेस्रो जलविद्युत् आयोजनाका ठुला मालवाहक सवारीसाधन फँसेपछि घण्टौँ जाम हुने गरेको छ । कतिपय ठाउँमा त्यस्ता सवारीसाधन बिच बाटोमै बिग्रिने हुँदा पनि लामो समयसम्म बाटोमै बस्नुपर्ने बाध्यता छ । हिलाम्मे सडकमा बिग्रिएका सवारीसाधन मर्मत नभएसम्म पर्खिनुपर्ने बाध्यता छ । खाँदबारीदेखि नुमसम्मको करिब ४० किलोमिटर सडकमा थुप्रै स्थानमा रोकिनुपर्ने बाध्यता छ । बाटोमा अवरोध र समस्याका कारण दसैँमा गाउँ आउने मात्र नभएर मकालु हिमाल क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकसमेत सास्ती भोग्न बाध्य छन् ।

अधिकांश सडक कालोपत्रे भइसक्नुपर्नेमा ठेकेदारले काम नगरेपछि यात्रुले सास्ती भोग्नु परेको हो । शर्मा शिवशक्ति जेभीले आगामी पुस १७ गतेसम्म सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । सम्पन्न अवधि सकिन लाग्दा केही स्थानमा माटो खन्ने र पर्खाल लगाउनेबाहेक अरू काम गरेको छैन । सामान्य अवस्थामा सञ्चालन भइरहेको सडकमा माटो खनिएपछि यातायात सञ्चालन गर्न असहज बनेको हो ।

कुल ३९ किलोमिटर सडकको कालोपत्रे गर्न सो निर्माण कम्पनीले दुई अर्ब ६० करोड रुपियाँ विनियोजित रकममध्ये एक अर्ब २७ करोड रुपियाँमा ठेक्का सकारेको थियो । उक्त निर्माण कार्य सम्पन्न गर्न नसकिने संयुक्त कम्पनीमध्येका शिवशक्ति निर्माण कम्पनीका सञ्चालक सुरेन्द्र पाठकले हालैको जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यव्रmममा स्वीकारिसक्नुभएको छ । अर्को संयुक्त कम्पनी शर्मालाई सोधेर दुवै कम्पनीले निर्माण कार्य नसक्ने भएमा कारबाही प्रव्रिmया अघि बढाएर नयाँ प्रक्रिया सुरु गरिने जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले पारित गरेको छ ।

यो समाचार गोरखापत्रमा प्रकाशित छ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - ०६:०५:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend