युवा पुस्तामा निकै चर्चित गायक सजनराज बैद्यको अमेरिका टुर अन्तर्गत आगामी जनवरी महिनामा हुने डीएमभी एरिया हुने सांगितिक कार्यक्रमका लागि टिकट बिक्रि खुल्ला गरिएको छ ।
द घुमिफिरी टुर अमेरिका नाम दिइएको कार्यक्रम आगामी जनवरी ६ तारिखमा शनिबारका दिन हुनेछ । आयोजकले कार्यक्रमका लागि पहिलो चरणको टिकट बिक्रि खुल्ला गरेको हो ।
बाल्टिमोर, भर्जिनिया र डीसी एरियालाई मध्यनजर गरेर आयोजकले यो कार्यक्रम सिल्भर स्प्रिङमा राखेको छ । एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रम द फिलमोर सिल्भरस्प्रिङमा गरिने भएको छ ।
आयोजकका अनुसार टिकट बिक्रि खुल्ला गरेपनि प्रतिक्रिया राम्रो आएको जनाएको छ । आयोजकले यो कार्यक्रमका लागि साधारण तर्फ एक सय ६ डलर टिकट मूल्य राखेको छ । जसमा समर्थकले उभिएर कार्यक्रमको मज्जा लिन सक्नेछन । बिशेष सिटका लागि समर्थकले एक सय ४५ डलर तिर्नुपर्नेछ ।
कार्यक्रम साँझ साँढे सात बजेबाट सुरु हुने बताइएको छ । नेपाली युवाहरुमाझ सजनराजका केहि गितहरु निकै लोकप्रिय रहेका छन । सजनसँगै उनको १३ जनाको टिमपनि यो कार्यक्रमका लागि आउने बताइएको छ ।
यो कार्यक्रमलाई सफल बनाउन आयोजकले अहिलेबाट नै विशेष तयारी गरेको छ । कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन अरु प्रस्तुतीहरुपनि थप्ने संभावना हरेको छ ।