Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परदेशीका लागि दशै अनि परिवार...

परदेशीका लागि दशै अनि परिवार...

नेप्लिज डायस्पोरा

५, कार्तिक २०८०
images
परदेशीका लागि दशै अनि परिवार...

दशै र तिहार जो कोहि नेपालीका लागिपनि सबै भन्दा ठूलो चाँडका रुपमा रहदै आएको छ । चाहे त्यो नेपालमा होस या प्रदेशमा । नेपालमा रहने नेपालीका लागि दशै र तिहार भन्ने वितिक्कै फरक खालको अनुभव हुन्छ । दशै नजिकिदै गएपछि विभिन्न कामले काठमाडौं बस्दै आएका नेपालीका लागि आफ्नो जन्मथलो फर्कने अवसर हुन्छ । केहि समयको छुट्टी मनाएर उनीहरु आफ्ना परिवारसँग रमाईलो गर्नका लागि गाउँ फर्किने मौका पाउछन । तर यो अवसर सबैका लागि भने जुट्दैन, कोहिलाई काम बिशेषले परिवारबाट टाढा नै रहेर दशै मनाउनुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि विशेष गरेर परिवारमात्र नभएर देशबाट टाढा रहेका नेपालीका लागि दशै आयो भनेर मनमा रमाईलो महसुस गर्नेमात्र हुन्छ । 

विश्वभरमा छरिएर रहेका नेपालीले दशै आफुले भ्याएसम्म खुसीका साथ मनाउछन । चाहे त्यो साथीभाईसँग मिलेर होस या नजिकका आफन्तलाई भेटेर । अझ दशैको मुखैमा बिदेशिन बाध्य हुने नेपालीका लागि परिवारको अभाव निकै महसुस हुन्छ । यस्तैमा एक ब्यक्ति जो बर्षौ देखि प्रदेशमा पसिना बगाइरहेका छन, र हरेक बर्ष दशैमा घर जाने योजना बनाउछन तर अन्तिममा भिडियो कलबाट नै आमाको हातबाट टिका लगाउछन ।

वैदेशिक रोजगारको शिलशिलामा विगत डेढ दशकदेखि आफ्नोदेखि टाढा छु , केही दसैं छुटेन अधिकांश दसैं छुट्यो। दसैंले मलाई छुटाको होइन, मैले दसैंलाई छुटाएको हो।

नमान्ने होइन दसैं परदेशमा मान्नु त मान्छु नै तर स्वदेशमा जस्तो कहाँ हुन्थ्यो र ? नमज्जा लाग्छ। मन दुखेर आउँछ। प्रत्येक वर्ष आउँदा दसैंमा चाहिँ पक्कै आउँछु भनेर राखेको भाका पूरा गर्न नसक्दा आफ्नाहरूको नजरमा फटा सावित हुँदैछु।

विशेष गरेर आमालाई सम्झन्छु। आमाको मुक्त कण्ठबाट फूलको सुगन्धजस्तै निस्कने आशीर्वादको यादले तड्पाउँछ। आफ्नी आमालाई लेखेको एक मार्मिक पत्र

प्यारी आमा,

ल्हास्सो फ्याफुल्ला (सादर ढोग)

मलाई माफ गरिदिनु आमा। पोहोर साल राखेको भाका पूरा गर्न सकिनँ। बेस्सरी मन थियो यसपालिको दसैं सँगै बसेर मनाउने। तर विवशताको बादल मडारियो प्रवासी दैनिकीमाथि। तीन महिना अगाडि नै छुट्टीको लागि आवेदन हालेको थियो। छुट्टी पारित पनि भएको थियो।

अचानक सँगै काम गर्ने साथीको फोन आयो उसको घरबाट। उसको घरबाट आएको खबरले ऊ तत्काल घर जानुपर्ने भयो। ऊ इमर्जेन्सी छुट्टी लिएर गयो। ऊ आउनु नै पर्ने कारण थियो। उसको श्रीमती नाबालक नानी छोडेर कुबाटो लागेकी रहिछ। त्यही भएर मेरो छुट्टी क्यान्सिल भयो।

त्यही भएर म आउन नसकिने भयो। आमा चिन्ता नलिनु यस्तै हो परदेशीको जिन्दगी। भौतिक रूपमा उपस्थित हुन नसके पनि मेरी आमा सधैं मेरो मनम छँदै छिन् नि। बाँकी परिवारसँग मनाउनु दसैं। टीकाको दिन आम्लानी भिडिओ कलमार्फत् टीका थाप्न, आशीर्वाद ग्रहण गर्न।

आमा आजलाई यत्ति लेखेर कलम बिसाउँछु१

(उही हजुरको परदेशी छोरा)

कुन विधिले बनायो होला कहिल्यै पूरा नहुने आशालाई

एक मिनेटपछि के हुन्छ भनेर थाहा नभएको अस्थायी जिन्दगीमा, किन होला अब भयो, अब पुग्यो भन्ने महसुस  दिलाउन असफल भएको होला आस्थाले पुज्ने देउताहरू।

म आफ्नै बोलीको पक्का हुन सकिनँ। पोहोर साल आमालाई भनेकी थिएँ आमा यो पालको दसैंमा चाहिँ पक्कै आउँछु भनेर। तर यो सालको दसैं पनि यतै अन्तैकतै अरूको देशमा मनाउँदैछु। थाहा छ, आमाले मन दुखाउँछ भनेर। र पनि म भास्सिँदैछु परदेशमा विचरो बनेको बाध्यतालाई दोष दिँदै।

कहिलेकाहीँ डर पनि लाग्छ। कतै आमाले फटा नेता जस्तै हो तिमी पनी भन्लान् भनेर। आमाको मन राख्नको निम्ति कोर्दैछु, सानो पत्र।

छुटाउन मन नलागेको कुराहरूलाई कति छुटाए कति। मनले अस्वीकार गर्दागर्दै बाध्यता नामको वस्तुले घिसार्दा रहेछ जिन्दगीलाई। यसरी घिस्रिँदै गरेको लाखौं जिन्दगीहरूको दसैं(तिहार सम्झना र सपनाहरूमा बाँचिरहेको हुन्छ। कठै भन्ने कोही हुन्न अर्काको देशमा। उनीहरूको हामीसँग हुने सम्बन्ध भनेको काम हो। जसरी हुन्छ हामीबाट धेरै काम खोज्छ। हाम्रो मौलिक चाडपर्व हामीले मान्ने खुसीयालीसँग हुँदैन केही सरोकार उनीहरूको।

यस्तै(यस्तै जीवनमा परिवर्तन खोज्न निस्केका हामीहरू परिबन्धमा परेर घर फर्कने दिनको पर्खाइ हुन्छु। बिडम्बना पर्खाइहरू घरमा सृजना हुँदै गरेको नयाँ(नयाँ समस्या, नयाँ(नयाँ महत्वाकांक्षाले टाढा(टाढा सार्दै जान्छ। हुनु त सबैकुरा भनेको जस्तो, सोचेको जस्तो भए मजा पनि आउँदैनन् थियो होला जीवन भोगाइको। भनिन्छ नि दुस्ख बिनाको सुख के सुख भनेर। 

यस्तै आदर्शको रंगले पोतेको कुरा सम्झेर बुझाउनु परेको छ मनलाई। मन मनै मनलाई सोचाइको फाँटतिर ओराल्छु, सोचाइको फाँटभरी जिन्दगी मजाले झुलेको पाउँछु। मनदेखि मस्तिष्कसम्म उत्साहको मेला लगाउँछु। जहाँ जिन्दगी खुसीयालीको गीत घन्काउँदै गरेको पाउँछु।

सोचाइको काल्पनिक हरियाली फाँटबाट यथार्थको संघारमा फर्कन्छु, सत्य लुकाउन सकिन्न। म भएको मरूभूमिबीच हरियाली देख्न पाउने भनेको टिभीमा मात्रै हो। सोचाइमा सजिएको शरद ऋतुको शारदी घाम, खुसी बनेर फुलेको सयपत्री, मखमली, गोदावरी फूलहरूले केवल याद बनेर मथिङ्गाल हल्लाइदिन्छ।

आफूले आफैंलाई यसरी बिकाएर बेचिनु पर्ने अवस्था निर्माण गरेको देशको मौजुदा व्यवस्था सम्झेर तत्काल उथलपुथल पार्न ज्वालामुखी बनेर विस्फोट हुन मन लाग्छ। सस्तोमा रगतपसिनाको व्यापार गरेको मुलुकहरूमा भिजिट भिसामा आएर घुम्न मन लाग्छ। 

गजबकै छ, यो अनियन्त्रित मन।  खैर मनको कुरा मनमै रहोस्। तनलाई सताएर भए पनि कुर्छु अर्को सालको दसैंलाई।

सुनील लामाले आफ्नी आमालाई लेखेको पत्र

सेतोपाटीमा आधारीत भएर लेखिएको समाचार

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - १८:४०:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend