Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

‘परदेशी २’ हिट, निर्देशनमा रायमाझीको ह्याट्रिक

‘परदेशी २’ हिट, निर्देशनमा रायमाझीको ह्याट्रिक

नेप्लिज डायस्पोरा

१२, कार्तिक २०८०
images
‘परदेशी २’ हिट, निर्देशनमा रायमाझीको ह्याट्रिक

चलचित्र निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् । लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट फिल्म निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो ।

‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको फिल्म हो । फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत छ । प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म राजेश बंशल र निर्देशक रायमाझीको निर्माण बनेको हो । 

उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको फिल्म नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो । रमेश बिजीको लेखेका रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी  छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १६:२९:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend