नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए ।
यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।
देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ । अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि भएको महामन्त्री शर्माले बताए । ‘देशमा लगानी गर्न गैह्र आवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,’ उनले भने ।
आइतबार अपराह्न भएको कार्यक्रममा नेपालका मुख्य राजनैतिक दलहरूसँग निकट प्रवासी संगठनहरुको अमेरिकी नेतृत्व, विभिन्न जातीय र धार्मिक संघसंस्था तथा न्युयोर्कमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
उक्ता कार्यक्रममा सोसलिस्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष एवम् नेजसका पुर्व संयोजक खगेन्द्र जिसि, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल , डिआरसी संजिव श्रेष्ठ प्रवासी नेपाली एकता मन्च -अन्तराष्ट्रिय कमिटिका सचिवालय सदस्य टेक गुरूङ, प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने , आदिवासी जनजाती महासंघ अमेरिकाका महासचिव टोमा लामा लगायतले राखेका थिए ।
न्यूयोर्कमा भएको उक्त कार्यक्रमको उद्घोषण नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए भने अध्यक्षता सभापति आनन्द बिष्टले गरेका थिए ।