Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षाका लागि खटिएका असईको लेक लागेर मृत्यु

राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षाका लागि खटिएका असईको लेक लागेर मृत्यु

नेप्लिज डायस्पोरा

१५, कार्तिक २०८०
images
राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षाका लागि खटिएका असईको लेक लागेर मृत्यु

नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधबार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको हो । मंगलबार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधबार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो । 

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - १८:४५:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend