जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको छ ।
सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जाजरकोट जिल्ला अस्पतालले हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । थप शव आउने क्रम जारी रहेको उनले बताए ।