जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा ठुलो क्षती भएको छ । राति सबै जना सुतेका समयमा आएका भुकम्पले ठुलो जनधनको क्षती गरेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।
प्रहरीका अनुसार भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।
रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ७ जनाको मृत्यु भएको छ । जाजरकोटका धेरै घर भत्किएकाले मृत्युको संख्या अझै बढन सक्ने प्रहरीले जनाएको छ।
जाजरकोट जिल्ला अस्पतालमा ४० भन्दा धेरै घाइते उपचारका लागि पुगेका छन् । यस्तै रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित ११ जना मृत्यु भएको छ ।
रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।