Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

भुकम्पमा परेर मर्नेको संख्या १२८ पुग्यो, प्रधानमन्त्री प्रचण्ड निरिक्षणमा

भुकम्पमा परेर मर्नेको संख्या १२८ पुग्यो, प्रधानमन्त्री प्रचण्ड निरिक्षणमा

नेप्लिज डायस्पोरा

१८, कार्तिक २०८०
images
भुकम्पमा परेर मर्नेको संख्या १२८ पुग्यो, प्रधानमन्त्री प्रचण्ड निरिक्षणमा

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । 

यसैगरी,  रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । 

यसैबीच जाजरकोटमा गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो । 

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनुभएको छ । 

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०८:३८:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend