Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिका टुरमा रहेका गायक बस्नेत अचानक सम्पर्कबिहिन, उब्जिए धेरै सङ्का उपसङ्का

अमेरिका टुरमा रहेका गायक बस्नेत अचानक सम्पर्कबिहिन, उब्जिए धेरै सङ्का उपसङ्का

नेप्लिज डायस्पोरा

१९, कार्तिक २०८०
images
अमेरिका टुरमा रहेका गायक बस्नेत अचानक सम्पर्कबिहिन, उब्जिए धेरै सङ्का उपसङ्का

अमेरिकामा पहिलोपटक सांगीतिक टुरका लागि नेपालबाट आएका गायक हर्कुलस बस्नेत न्युयोर्कमा भएको सांगीतिक कार्यक्रममा उपस्थित नभएपछि धेरै सङ्का उपसङ्का गर्न थालिएको छ । गत अक्टोबर ३१ तारिखमा बोस्टनमा भएको कार्यक्रम सकेर न्युयोर्क पुगेका गायक बस्नेत सो कार्यक्रममा सहभागि नभएपछि कहाँ गए भन्ने प्रश्न खडा भएको छ । 

गायिका अस्मिता अधिकारीसँगै अमेरिका टुरमा आएका गायक बस्नेत कसैको सम्पर्कमा नआएपछि उनी कता गए भन्ने प्रश्न खडा भएको छ । इन्दिरा जोशी, कालिप्रसाद बास्कोटा र अस्मिता अधिकारीसँगै हर्कुलस बस्नेतले बोस्टनमा सँगै कार्यक्रम गरेका थिए । त्यसपछि इन्दिरा र कालिप्रसाद कार्यक्रमका लागि डालास उडेका थिए भने बस्नेत र अधिकारी न्यूयोर्क आएका थिए । 

तर नोभेम्बर एक तारिखमा न्युयोर्कको क्विन्समा भएको कार्यक्रममा बस्नेत सहभागि मात्र भएनन्, उनी आयोजकको सम्पर्कमा नै आएनन् । जसका कारण उनी कता हराए भन्ने प्रश्न उब्जिएको हो । न्यूयोर्कपछि उनको क्यालिफोर्नियामा समेत सांगीतिक कार्यक्रम रहेकोले अझै उनि सम्पर्कमा आएका छैनन ।

आयोजकका एक सदस्यले उनलाई बारम्बार सम्पर्क गर्दा जबाफ नफर्काएको र सामाजिक संजाल मार्फत सन्देश पटक पटक गर्दा म्यासेज हेर्ने तर उत्तर नदिएको बताए । जसका बस्नेत कार्यक्रममा नआएपछि अस्मिता अधिकारी एक्लैले न्युयोर्कको कार्यक्रममा प्रस्तुती दिएकी थिइन । 

लाइभ एट प्रिजेन्टको मुख्य आयोजनामा अमेरिका टुरमा आएका बस्नेत अक्टोबर २१ मा अमेरिका पुगेका थिए । न्युयोर्कमा साथी भेट्न जान्छु भनेर हिडेका बस्नेत त्यसपछि सम्पर्कमा नआएपछि स्थानीय आयोजकलाई चिन्ता थपिएको छ भने कतै केहि भयो की भन्ने शङ्का पनि बढेको छ । 

अमेरिका टुर अन्तर्गत हर्कुलस र बस्नेतले बाल्टिमोर र भर्जिनियामा पनि कार्यक्रम गर्ने योजना छ । बस्नेत सम्पर्कबिहिन हुँदा अबका कार्यक्रममा अन्योलता छाएको छ । बस्नेत नोभेम्बर २५ मा भर्जिनियामा अन्तिम सांगितिक कार्यक्रम गरेपछि नेपाल जाने कार्यक्रम थियो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०२:२६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend