Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मञ्जुश्री साहित्यिक समाजको प्रविधिमैत्री कवि गोष्ठी

मञ्जुश्री साहित्यिक समाजको प्रविधिमैत्री कवि गोष्ठी

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
मञ्जुश्री साहित्यिक समाजको प्रविधिमैत्री कवि गोष्ठी

कार्तिक १०, पाल्पा ।

डा. बमबहादुर थापा 'जिताली'को सभापतित्व तथा हरि मञ्जुश्री अधिकारीको प्रमुख आतिथ्यतामा मञ्जुश्री साहित्यिक समाजको नियमित प्रविधिमैत्री कवि गोष्ठी सम्पन्न कार्तिक १० गते सम्पन्न भएको छ ।

विशिष्ट अतिथि गङ्गा लिगल रहनु भएको कार्यक्रममा देशभित्र र बाहिरका निम्न साहित्यिक व्यक्तित्वहरूले समसामयिक विषयका  सिर्जनाहरू प्रस्तुत गर्नु भएको थियो - गोविन्द घिमिरे 'वेदमणि', दुष्यन्त भट्टराई, जगदीश्वर पोख्रेल, अतिथि कवि कविराज घिमिरे, बिन्दु दाहाल 'मूकदर्शक', उत्तम विचार भेटवाल, उर्मिला पन्त पाण्डे, पूर्णदेवी न्यौपाने, टेकबहादुर लौडारी, गोमविक्रम, आरुष ओझा, वीरबहादुर लोहनी, डिल्लीप्रसाद मूलतिहुन र खुश्बु रिजाल समेतका कविहरूले विभिन्न छन्द, भाव र लयका समसामयिक रचना वाचन गर्नुभयो भनें वीरबहादुर लोहनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । वाचित रचनाहरूको सभापति डा. बमबहादुर थापा 'जीताली' ले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २१:१४:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend