Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अवैधरुपमा अमेरिका छिरेका नेपालीको अमेरिकी हिरासतमा मृत्यु

अवैधरुपमा अमेरिका छिरेका नेपालीको अमेरिकी हिरासतमा मृत्यु

नेप्लिज डायस्पोरा

१, मंसिर २०८०
images
अवैधरुपमा अमेरिका छिरेका नेपालीको अमेरिकी हिरासतमा मृत्यु

काठमाडौँ । अवैधरुपमा अमेरिका छिरेका एक नेपालीको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।

 

सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।

उनी साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका थिए । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टी गरे पनि मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।

 

उनी एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर ०८० भदौ ५ गते उनी घरबाट हिँडेको पारिवारिक श्रोतले बताएको छ । काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगका उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।

उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखियो । हिरासतमा रहँदा नै कात्तिक २७ गते उनको मृत्यु भयो । अवैधरुपमा प्रवेश गरेको भन्दै उनलाई डिपोर्ट गर्ने तयारी थियो ।

मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार उनको शव स्वदेश झिकाउने तयारी भइरहेको खबर मकालु डटकमले छापेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - २१:२६:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend