Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

उर्लाबारी आगलागीका ६ जनाको अवस्था गम्भीर, अमेरिकाबाट थप चिकित्सक मगाइने

उर्लाबारी आगलागीका ६ जनाको अवस्था गम्भीर, अमेरिकाबाट थप चिकित्सक मगाइने

नेप्लिज डायस्पोरा

२, मंसिर २०८०
images
उर्लाबारी आगलागीका ६ जनाको अवस्था गम्भीर, अमेरिकाबाट थप चिकित्सक मगाइने

काठमाडौँ । मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

शुक्रवार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन् ।

उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन् । उनले जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने बताइन् । उनले चिकित्सकहरू घाइतेहरूको उपचारमा लागिरहेको बताइन् ।

 

उनले भनिन् ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’

घाइतेको अवस्था बुझ्न  अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको बताए । उनले अमेरिकाबाट आईतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराए ।

उनले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरूलाई निको पार्नेछौँ ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो मकालु खबरमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - ००:०९:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend