यो पटकको मिस युनिभर्समा निकै चर्चा पाएकी दिपिका ग्यारेट एलिजाबेथ बोहोरा शिर्ष २० पुगेर बाहिरिएकी छिन । मेक्सिकोको एल साल्भाडोरमा भएको कार्यक्रममा यो पटकको मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेको हो।
उनले ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फर्स्ट रनरअप, अष्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनरअप घोषित भए।
उनले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी थिइन्। दीपिकाले उत्कृष्ट २० मा पर्न सफल हुँदा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्।
'शीर्ष २० मा१ मेरो समर्थन गर्ने मानिसहरूप्रति आभारी छु। मैले मेरो तर्फबाट सबैभन्दा राम्रो गर्ने कोसिस गरें। म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व गर्छु। नयाँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई कदर गर्नेछु, जुन जीवन परिवर्तन थियो,’ उनले लेखेकी छन्।
तस्विर:याहु डटकम