Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आउ दास बनौ -प्रियरंजन दाहाल

आउ दास बनौ -प्रियरंजन दाहाल

नेप्लिज डायस्पोरा

७, मंसिर २०८०
images
आउ दास बनौ -प्रियरंजन दाहाल

आउ दास बनौ

भविष्यलाई भाग्यको जिम्मा दिएर

संसार को अगाडी उपहास बनौ 

दाम्लो मा बांधिएर बर्षौ बसेपछि

घांटी छामिन्न 

स्वतन्त्रता छानिन्न

बरु 

नबांधिएको दिन पनि 

बांधिएको ठानेर गोठ पसिन्छ्

अरुले दिएको दानापानी  चुपचाप स्विकारेर  बसिन्छ

 

आउ दास बनौ

अभिब्यक्तिको जिम्मा शासकलाई दिएर

जिउदो लास बनौ

बोल्न बिर्सिए पछी 

आवाज निकालिन्न

बोल्ने शब्द पाइन्न 

बरु 

आदर र संस्कार मानेर धनुष्ट्कार गरिन्छ

इश्वर मानेर जिब्रो काटिदेउ सरकार भनेर पाउ परिन्छ

 

आउ दास बनौ

आशिर्वादको जिम्मा क्रुर,तानाशाहलाई दिएर

पहिचान बिहिन जोकर तास बनौ

आफ्नै अभिभावक बिर्सिएपछि

तिनको आशिर्वाद चाहिन्न

 शासक लाई नसम्झिएसम्म कुनै चाड  मनाइन्न 

बरु

फोटो नपाए ढोकामा  गोबर लाई साक्षी राखिन्छ

स्वतन्त्रता मुर्दाबाद भन्दै दासताको भिख मागिन्छ

 

आउ दास बनौ

जिउदो लास बनौ

संसार को अगाडी उपहास बनौ 

पहिचान बिहिन जोकर तास बनौ

आउ दास बनौ

images
प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - ०४:५२:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend