Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दुर्गा प्रसाईँ घरमै नजरबन्द, समर्थक बसेको ‘प्यालेस’ प्रहरी निगरानीमा

दुर्गा प्रसाईँ घरमै नजरबन्द, समर्थक बसेको ‘प्यालेस’ प्रहरी निगरानीमा

नेप्लिज डायस्पोरा

८, मंसिर २०८०
images
दुर्गा प्रसाईँ घरमै नजरबन्द, समर्थक बसेको ‘प्यालेस’ प्रहरी निगरानीमा

 

काठमाडौँ । प्रहरी-प्रशासनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नै घरमा नजरबन्दमा राख्ने रणनीति बनाएको छ । ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँलाई प्रहरीले आफ्नै घरमा नजरबन्दमा राख्ने रणनीति बनाएको हो ।

प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ ।

बिहीबारको कार्यक्रममा लागि आएका समर्थकहरू बसेको होटल तथा प्यालेसमा पनि प्रहरी निगरानी बढाइएको छ । उनीहरु कार्यक्रममा लागि आउने भनिएपछि प्रहरीले निगरानी बढाएको हो । अभियानले आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो क्षेत्रमा कार्यक्रम गर्न निषेध गरेको  मकालु खबरमा छापिएको छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - १७:१६:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend