पाल्पा, ०८० मङ्सिर ८ । मञ्जुश्री साहित्यिक समाजको छैसठ्ठी औं प्रविधिमैत्री कविगोष्ठी २०८०, मङ्सिर आठ गते शुक्रबार अपराह्न पाँच बजेदेखि सात बजेसम्म सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा डा. बमबहादुर थापा जिताली, प्रमुख अतिथि गङ्गा लिगल, विशेष अतिथि जगदीश्वर पोख्रेल, हरिप्रसाद चौलागाई, लक्ष्मण थापा, डिल्लीप्रसाद दाहाल, अतिथि टेकबहादुर लौडारी, कल्पना अधिकारी, शालिग्राम दाहाल,सीता दाहाल,
विनिता दाहाल लगायत एक दर्जनभन्दा बढी स्रटाको सहभागिता रहेको थियो ।
उक्त गोष्ठीको कार्यक्रम सञ्चालनमा संस्थाका सचिव तथा लोककवि वीरबहादुर लोहनीको कुशल भूमिका रहेको थियो भने सहभागी सबै स्रष्टाले लोकछन्द, शास्त्रीय छन्द र मुक्तक आदि विविध लय र छन्दमा आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
समारोहमा सभापति डा. बमबहादुर थापा जितालीले प्रमुख अतिथि गङ्गा लिगलको समसामयिक परिवेश र आध्यात्मिक मन्तब्यका साथै सुन्दर मुक्तक
प्रस्तुतिप्रति मुक्तकण्ठले प्रशंसा प्रस्तुत गर्नुभएको थियो भनें अन्त्यमा सहभागी सबै स्रष्टाका सिर्जना र वाचनकलाको संक्षिप्त समीक्षा पनि सुमधुर ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।
सबै स्रष्टालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी मङ्सिर ३० गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा वरिष्ठ कवि जगदीश्वर पोख्रेलको १५ ओटा पुस्तक बिमोचन हुन लागेकामा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेर समारोह समापन गर्नुभएको थियो ।