Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

रुसी सेनामा मृत्यु भएका कार्कीको परिवार बिक्षिप्त

रुसी सेनामा मृत्यु भएका कार्कीको परिवार बिक्षिप्त

नेप्लिज डायस्पोरा

१४, मंसिर २०८०
images
रुसी सेनामा मृत्यु भएका कार्कीको परिवार बिक्षिप्त

नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।

प्रितम सेनाको जागिरपछि रोजगारीका लागि अफगानिस्तान गएर एक वर्ष काम गरी गत साउनमा नेपाल फर्कनुभयो । नेपाल आउनुभएलगत्तै पासपोर्ट नवीकरण गरी रुस गएको र रुसमा जानकै लागि नेपाल फर्कनुभएको हुन सक्ने अनुमान वडाध्यक्ष रेग्मीले गर्नुभयो । अफगानिस्तानबाट फर्किएपछि २० दिनजति घरमा बस्नुभएको प्रितमका काकाका छोरा राजेश कार्कीले बताउनुभयो । 

प्रितमका अन्तिममा अनुहारसमेत हेर्न नपाएकोमा परिवार निकै पीडामा छ । श्रीमती अर्धचेत हुनुहुन्छ भने बूढा बुवाआमासमेत मुर्छामा हुनुहुन्छ राजेशले भन्नुभयो । प्रितम परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । घटना भएको दिन नोभेम्बर १५ को रातिसम्मै परिवारसँग सम्पर्कमा रहनुभएका कार्की तालिम केन्द्रमै रहनुभएको र अवस्था सामान्य रहेको बताउँदै आउनुभएको थियो । बाहिर भनेजस्तो डराउनुपर्ने अवस्था छैन भनेको केही समयमै दुर्घघटना भएको राजेशले बताउनुभयो । 

नेपाली सेनाबाट अवकाश लिनुभएपछि स्वदेशमै केही गर्नु पर्छ भन्ने प्रितमका बुवा हरिबहादुरको जोड थियो । तर आफू रोजगारीका लागि जाने बताएपछि परिवारको केही चलेन । मङ्सिर १० अर्थात् नोभेम्बर २४ मा मात्रै यस्तो घटना भएको जानकारी पाएको परिवारले जनाएको छ । प्रितमको ठुलो छोरा कक्षा ५ र सानो छोरा नर्सरीमा अध्ययनरत छन् । बुवा हरिबहादुर कार्की पनि नेपाल प्रहरीबाट अवकाशप्राप्त हुनुहुन्छ । 

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - ०६:५३:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend