Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिका पठाउँछौँ’ भन्दै १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

अमेरिका पठाउँछौँ’ भन्दै १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

नेप्लिज डायस्पोरा

१४, मंसिर २०८०
images
अमेरिका पठाउँछौँ’ भन्दै १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

काठमाडौँ । ‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् ।

आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ लाख लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । अमेरिकामा पुगेपछि मासिक ३ लाख तलब हुने जागिर मिलाइदिने उनीहरूले आश्वासन दिएको पीडितले प्रहरीलाई बताएका छन् ।

 

आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिएको रातोपाटी अनलाईनमा खबर छ  । 

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - ०७:०३:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend