नेपालीमा 'भूठान' र अंग्रेजीमा 'द वर्ल्डस ह्याप्पिएस्ट म्यान' राखिएको चलचित्र अमेरिकामा बन्ने भएको छ। शनिबार नेपालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई लगायत कलाकारको अभिनय रहनेछ। चलचित्रको अधिकास भाग अमेरिकामा खिचिने बुझिएको छ ।
भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस फिल्म 'भूठान' सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।
यस फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गर्नेछ। साथै अमेरिकाको डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।
यो फिल्म सन् २०२५ मा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको बुझिएको छ ।