Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ईन्द्रेणीका कृष्ण कडेलको सम्मानमा भर्जिनियामा दोहोरी साँझ हुने

ईन्द्रेणीका कृष्ण कडेलको सम्मानमा भर्जिनियामा दोहोरी साँझ हुने

नेप्लिज डायस्पोरा

१८, मंसिर २०८०
images
ईन्द्रेणीका कृष्ण कडेलको सम्मानमा भर्जिनियामा दोहोरी साँझ हुने

 

नेपाल टेलिभिजनबाट प्रसारण हुने ईन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कडेलको दोहोरी गीतलाई भर्जिनियाका नेपालीहरुले सुन्न पाउने भएका छन् ।

यहि आउदो डिसेम्बर २२ तारिख शुक्रबार रुशा ईन्टरप्राईजेजको प्रस्तुती रहेको ईन्द्रेणी दोहोरी साझ कार्यक्रमलाई सरोज केसी , निदेश अधिकारी , गणेश पाण्डे तथा मिलन गोर्खालीले आयोजना गर्ने भएका छन् ।

यस्तो किसिमको लोक दोहोरी अहिले सम्म भर्जिनियामा नभएको भन्दै यो कार्यक्रम भब्य हुने अपेक्षा गरिएको आयोजक मध्यका एक निदेश अधिकारीले हामीलाई जानकारी दिएका छन ।

कार्यक्रममा कृष्ण कडेल र निशा सुनारको दोहोरी हुनेछ भने प्रसिद्ध लोक गायक प्रेमराजा महत र राम प्रसाद खनालले पाहुना गायकका रुपमा मनोरन्जन दिने छन् ।

टेलिभिजनमा राम्रा प्रस्तोता मानिएका सरोज केसी र रुषा केसीले उक्त कार्यक्रम उदघोषण गर्नेछन् । कृष्ण कडेलले ईन्द्रेणी कार्यक्रम मार्फत ठुलो संख्यामा असहाय , गरिब र बिपन्न तथा रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

कार्यक्रम भर्जिनियाको मनासस स्थित Wyndham Garden Manassas 10800 Vandor Ln Manassas VA मा हुनेछ भने xudustore.com मा टिकट किन्न सकिने छ :

images
प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - ०९:१०:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend