Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पूर्वमिस नेपाल श्रृंखला र सञ्चार उद्यमी सम्भवले कसे लगनगाँठो

पूर्वमिस नेपाल श्रृंखला र सञ्चार उद्यमी सम्भवले कसे लगनगाँठो

नेप्लिज डायस्पोरा

२८, मंसिर २०८०
images
पूर्वमिस नेपाल श्रृंखला र सञ्चार उद्यमी सम्भवले कसे लगनगाँठो

 

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् ।

 

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक तथा संचार उद्यमी सम्भव शिरोहियासँग खतिवडाले लगनगाँठो कसेकी हुन् । 

 

काठमाडौंको एक पाँचतारे होटलमा तामझामका साथ श्रृंखला र सम्भवको विवाह भएको हो ।

 

विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको थियो  । 

 

सन् २०१८ की मिस नेपाल श्रृंखला दुई वर्षदेखि सम्भवसँग प्रेम सम्बन्धमा थिइन् ।

 

सम्भव सञ्चार उद्यमी कैलाश सिरोहियाका छोरा हुन् भने श्रृंखला पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाकी छोरी हुन् ।

 

 

सन् २०१८ की मिस नेपाल विजेता श्रृंखला सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा अन्तिम १२ मा पुगेकी थिइन् । त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । मिस वर्ल्डमा उनले प्रस्तुत गरेको भिडियो डकुमेन्ट्री चर्चित थियो ।

IMG_4020.jpeg

 

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १९:५६:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend